एसइईको नतिजा सार्वजनिक

 २१ घण्टा अगाडि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा भर्खरै सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

प्रकाशित नतिजाअनुसार यस वर्ष ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५ सय ७ जना परीक्षार्थीले ‘एनजी’ (नन ग्रेडेड) ल्याएका छन्।

परीक्षामा कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये मूल्याङ्कनमा परेका २ लाख ८४ हजार १ सय ६० जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका हुन्।

चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो ।

तपाईंको प्रतिक्रिया