मावि उरहरीमा बालक्लब र जुरेस पुनर्गठन
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित अमर माध्यमिक विद्यालय, उरहरीमा बालक्लब र जुनियर रेडक्रस सर्कल (जुरेस) पुनर्गठन गरिएको छ । विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच दुवै समिति पुनर्गठन गरिएको हो । बालक्लबका तत्कालीन अध्यक्ष शन्देश डाँगीको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
पुनर्गठन प्रक्रियाबाट छात्रा कट्रीना विकको अध्यक्षतामा नयाँ बालक्लब र दिवश मल्लको अध्यक्षतामा नयाँ जुनियर रेडक्रस सर्कल (जुरेस) गठन गरिएको छ । नवगठित समितिहरूले विद्यालयमा अतिरिक्त क्रियाकलाप, सरसफाइ तथा विद्यार्थी अधिकारका क्षेत्रमा रचनात्मक कार्य गर्ने अपेक्षा गरिएको छ ।
आधारभूत तह (आवि) कोर्डिनेटर निर्मल कुमार वलीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा माध्यमिक तह (मावि) कोर्डिनेटर यज्ञ बहादुर अधिकारी, शिक्षक शुष्मा भण्डारी र विद्यार्थी सपना खत्री लगायतले आ-आफ्नो धारणा राख्दै नयाँ समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण शिक्षक देव नारायण चौधरीले गर्नुभएको थियो ।




तपाईंको प्रतिक्रिया