एसईई पूरक नतिजा: ८३ हजार ५ सय २३ जना उत्तीर्ण

 ८ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो । पूरक परीक्षा असार १ देखि ७ गतेसम्म सञ्चालन भएको थियो । पूरक परीक्षामा १ लाख ४८ हजार ५ सय ७ जना परीक्षार्थी रहेकामा १ लाख २९ हजार १ सय ९४ जना सहभागी भएका थिए ।

तीमध्ये ८३ हजार ५ सय २३ जना उत्तीर्ण भएका छन् । यस वर्ष ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

तपाईंको प्रतिक्रिया