तुलसीपुरमा जंगली च्याउ खादा एक जनाको मृत्यु
तुलसीपुर । दाङको तुलसीपुरमा जंगली च्याउको तरकारी पकाएर खाएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ बल्ले निवासी ४० वर्षीय श्रीमती दिपा पुन रहेको प्रहरीले बताएकाे छ ।
असार ३१ गतेका दिन दिउसो जंगल बाट खोजेर ल्याएको च्याउ त्यस गाउँका दुई परिवारका गरी ७ जनाले पकाएर खाएका थिए । च्याउ खाएर बिरामी परेकाहरु तुलसीपुर ३ बल्लेका ७५ वर्षकी दशरथी पुन, उनका छोरा अन्ताजी ३८ वर्ष का डम्मर बहादुर पुन,सो ही ठाउँका वर्ष ४० की दिपा पुन, सो ही ठाउँ निवासी वर्ष ३६ का तिलक पुन, वर्ष ५ का विपिन पुन ,वर्ष १२ का बिबेक पुन र सुमन बुढाथोकी मध्ये ४० वर्षीय श्रीमती दिपा पुनको थप उपचारका लागी नेपालगन्ज लैजाँदै गर्दा बाटैमा मृत्यु भएको कुरा बुढाले बताए ।
विषाक्त च्याउ खाएर बिरामी परेका मध्य दशरथी पुन,बिबेक पुन,विपिन पुन र सुमन बुढाथोकी उपचार पछी घर फर्की सकेका छन भने डम्मर बहादुर पुन र तिलक पुन लाई घरमै सामान्य उपचार गरिएकोमा हाल उनीहरुको स्वाश्थ्य अवश्था सामान्य रहेका छन् ।




तपाईंको प्रतिक्रिया