सल्यानमा जिप दुर्घटना, २ जनाको मृत्यु

 २१ घण्टा अगाडि

तुलसीपुर । सल्यानमा शनिबार बिहान भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी–५ की १८ वर्षीया विपना बुढाथोकी रहेका छन्।

घाइते चारै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये चालक भुपाल पुन र लालमती बुढाथोकीको अवस्था गम्भीर रहेको छ।

शनिबार बिहान करिब ८ बजे त्रिवेणी–५ सिम्कस्थित सरस्वती मावि नजिकै लु ०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप सडकबाट करिब ९० मिटर तल खसेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया