मोटरसाइकलको टायरमा सल बेरिँदा सल्यानमा महिलाको मृत्यु
सल्यान । सल्यानमा मोटरसाइकलको पछाडिको टायरमा सल बेरिँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका–स्थित पेदीखोलाकी ३५ वर्षीया जिता केसी रहेकी छन्।
प्रहरीका अनुसार शुक्रबार त्रिवेणी गाउँपालिका–स्थित टाट्केको भित्री कच्ची सडकमा केसी सवार मोटरसाइकल दुर्घटनामा परेको हो। त्रिवेणीका हरिबहादुर वलीले चलाएको रा ४ प २४३ नम्बरको मोटरसाइकलको पछाडिको टायरमा केसीले लगाएको सल बेरिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी केसीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




तपाईंको प्रतिक्रिया