मुक्ति समाज नेपाल दाङको अधिवेशन मंसिर १२ गते

 १६ घण्टा अगाडि

तुलसीपुर । मुक्ति समाज नेपाल दाङको जिल्ला अधिवेशन आगामी मंसिर १२ गते तुलसीपुरमा हुने भएको छ। अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका नगर कमिटी तयारीमा जुटेको छ।

यसैक्रममा अधिवेशनको तयारीका विषयमा तुलसीपुर उपमहानगरपालिका नगर कमिटीको बैठक सम्पन्न भएको छ। बैठकले मंसिर १२ गते हुने जिल्ला अधिवेशनलाई सफल बनाउन विभिन्न जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ।

अधिवेशनको तयारीस्वरूप भेटघाट तथा छलफलका कार्यक्रमसमेत अघि बढाइएको मुक्ति समाज नेपालका केन्द्रीय सचिवालय सदस्य मित्रलाल बागचन्दले जानकारी दिए।

उनका अनुसार अधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न विभिन्न तहमा समन्वय तथा भेटघाटका कार्यक्रम सञ्चालन भइरहेका छन्।

यसैबीच अधिवेशनको तयारीका लागि नेकपा एमाले तुलसीपुरस्थित पार्टी कार्यालयमा सम्पर्क कार्यालयसमेत सञ्चालन गरिएको छ।

तपाईंको प्रतिक्रिया