कोरोना अस्पताल अब तुलसीपुरमा

 असोज २२, २०७८

तुलसीपुर । बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पताल तुलसीपुरमा स्थानान्तरण भएकोछ । राप्ती प्रादेशिक अस्पतालको छुट्टै भवनमा अस्पतालको व्यवस्था गरिएको छ । आईसीयू २०, एचडीयू १०, एनआईसीयू १५, र पिआईसीयू १५ बेडको छ । यसैबिच कोेरोना एकाईको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले स्वास्थ्यको दृष्टिकोणले फड्को मारेको बताउनुभयो । दुई÷दुईवटा कोरोना अस्पताल संचालन, सबै वडामा एम्बुलेन्स सहितका स्वास्थ्य ईकाई स्थापना जस्ता कामले विगतको तुलनामा तुलसीपुरको स्वास्थ्य क्षेत्र निकै अघि बढेको उहाँले बताउनुभयो ।

राप्ती प्रादेशिक अस्पताल विकास समितिका सदस्य भगवति शर्माको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, पूर्व अध्यक्ष बिमल रिजाल, राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंह, डा. मंगलकान्त झाँ लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन अस्पतालका व्यवस्थापक दोर्ण वलीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया