विद्यालय कर्मचारी परीषद् दाङको अधिबेशन मंसीरमा

 कार्तिक २१, २०७८


तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परीषद् दाङको बैठक सम्पन्न भएको छ । बैठकले कार्तिक मसान्त सम्म पालीकाको अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ । जिल्ला अध्यक्ष गोविन्द जिसीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लाका दश पालीकामा अधिबेशन सम्पन्न गरि मंसीर ४ गते जिल्ला अधिबेशन गर्ने निर्णय भएको छ ।

केन्द्रीय निर्देशन अनुसार समावेसि हिसावले पालीका र जिल्लाको अधिबेशन हुने छ । जिल्ला अधिबेशन घोराही हुने र सम्पन्न गर्नका लागी तयारी समिति समेत गठन गरिएको बैठकमा सहभागी परीषद्का तुलसीपुर नगर अध्यक्ष मित्रलाल शर्माले जानकारी दिनुभएको छ । उहाका अनुसार तुलसीपुरमा २४ गते अघि नै अधिबेशन गर्ने तयारी छ ।

तपाईंको प्रतिक्रिया