पश्चिमी बुल्गेरियामा सवारी दुर्घटनामा ४५ जनाको मृत्यु, ७ जना घाईते

 मङि्सर ०७, २०७८

काठमाडौं । पश्चिमी बुल्गेरियामा आज भएको बस दुर्घटना र आगलागिमा परि १२ जना बालबालिकासहित ४५ जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामाा परि ७ जना गम्भीर घाईते भएका छन् ।

राजधानी सोफियाको दक्षिण–पश्चिममा रहेको सडकमा स्थानीय समय अनुसार दिउँसो २ः०० बजे दुर्घटना भएको हो । बस दुर्घटनापछि आगो लागेको हो वा आगो लागेपछि दुर्घटना भएको हो भनेर स्पष्ट भैसकेको छैन तर दुर्घटनामा अन्य सवारीहरु भने संलग्न नरहेको बिबिसिले जनाएको छ । मुख्यतया टर्कीबाट फर्केका देशका पर्यटकहरू बोकेको उक्त सवारीमाा आगो लागे पछि भागेका ७ जनालाई भने उपचारका लागि अस्पताल लगिएको छ ।

तपाईंको प्रतिक्रिया