एमाले महाधिवेशन: दाङ ३ बाट ५२ बस जादै

 मङि्सर ०८, २०७८


तुलसीपुर । नेकपा एमाले दाङ क्षेत्र नम्बर ३ को बैठक सम्पन्न भएको छ । चितवनमा हुन लागेको १०औ राष्ट्रिय महाधिवेशनमा सहभागीता जनाउनको लागी तयारी स्वरुप बैठक बसेको हो । दाङ क्षेत्र नम्बर ३ बाट ५२ वटा ठुला बस जान लागेको त्यस अनुसार तयारी थालिएको ईन्चार्ज मान बहादुर रावतले जानकारी दिनुभयो ।

भोलि मंसिर ९ गते तुलसीपुरबाट जाने बसमा आफु पनि जाने र अन्य नेताहरु पनि बसमा जान लागेको रावतले बताउनुभयो । साझ ४ बजे सबै बसलाइ पार्टीका जिल्ला अध्यक्ष टिकाराम खड्का,उपाध्यक्ष हुकुम बस्नेत,सचिब मनोहर बुढाथोकी ,उपसचिव कृष्ण भुसाल लगायतको टोलीबाट शुभयात्रा सहित त्यस तर्फ प्रस्थान गर्नेछन ।

क्षेत्रिय अध्यक्ष भिम योगीको अध्यक्षता तथा जिल्ला उपाध्यक्ष ह्ुकुम बस्नेतको प्रमुख आतिथ्यमा बैठक बसेको थियो ।

तपाईंको प्रतिक्रिया