क्षेत्र नम्बर ३ को सभापतीमा खड्का निर्वाचित

 मङि्सर ०८, २०७८

तुलसीपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत दाङका तिन वटा निर्वाचन क्षेत्रमा चुनाव सम्पन्न भएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ को सभापतिमा भेषराज पाण्डे निर्वाचित हुनु भएको छ । उहाले ४ सय २२ मत प्राप्त गदै प्रतिद्वण्द्वी सर्वजित डिसीलाई पराजित गर्नुभएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

डिसीले २ सय ५७ मत ल्याउनु भएको थियो । सचिवमा पाण्डे प्यानलका खेमलाल चौधरीले ४ सय २१ र हरिहर शर्मा ४ सय मत प्राप्त गरी निर्वाचित हुनु भएको समितिले जनाएको छ । सहसचिव पदमा गोबिन्दकुमार वलीले ४ सय ६३ र प्रकाशकुमार जिसीले ४ सय ८ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

त्यस्तै क्षेत्र नम्बर २ मा भिमप्रकास खड्काले ३ सय ६६ मत ल्याएर सभापतीमा निर्वाचित हुनुुभएको छ । उहाँका प्रतिद्धन्द्धी चित्रबहादुर डाँगी निर्मलले २ सय ६६ मत ल्याउनुुभएको थियो । सचिवमा खड्का प्यानलका हिमबहादुर डाँगी र डाँगी प्यानलका आरके सितलले समान ३ सय २१ मत प्राप्त गरि बिजयी हुुनुुभएको छ ।

त्यस्तै सहसचिवमा खड्का प्यानलका रमेशकुमार पाण्डेले ४ सय २ र रञ्जित श्रेष्ठ ३ सय ३९ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ । निर्वाचन क्षेत्र नम्वर ३ को सभापतिमा जगद बहादुर खड्का निर्वाचित हुनु भएको छ । उहाले ४३८ मत प्राप्त गरी विजयी हासील गर्नुभएको निर्वाचन समितिले जनाएको छ । उहाका प्रतिद्धन्द्धी सुरेन्द्र बहादुर खड्काले ३११ मत प्राप्त गर्नुभएको छ । दुवै बिच १२७ मतान्तरको फरक रहेको छ ।

यस्तै सभापतिका उम्मेदवार किरण शाहले ६८ मत प्राप्त गर्नुभएको छ । उक्त निर्वाचन क्षेत्रमा जम्मा ८४७ मतदाता रहेकोमा ८४४ मत खसेको थियो । नेपाली कांग्रेसभित्र यो जिल्लाको सबभन्दा बढी मतदाता भएको क्षेत्र हो । जगतकै प्यानलबाट सचिवमा शोभाकर सापकोटा ३६० र पूर्णबहादुर खत्री ४१६ मत प्राप्त गरी निर्वाचित भएका छन । उनीहरूका प्रतिस्पर्धी सुरेन्द्र प्यानलका रबी बुढाथोकी ३६५ र भेषराज डाँगीले ३०५ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, जगतकै प्यानलबाट सहसचिव पदमा भीमकान्त भट्टराई ४४८ र डेफुलाल चौधरी ४३८ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनीहरूका प्रतिस्पर्धी सुरेन्द्र प्यानलका भूपबहादुर केसी ३७३ र तनुजसिंह वलीले २६४ मत प्राप्त गरेको समितिले जनाएको छ । जगतमात्रै संस्थापनइतरका हुनुहुन्छ भने अन्य दुई जना संस्थापन पक्षधर हुन । जिल्लाका तिन वटा निर्वाचन क्षेत्रमा संस्थापन पक्षधर र संस्थापन ईतर पक्षले छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लडेका थिए ।।

तपाईंको प्रतिक्रिया