दंगीशरणमा मनोविमर्श केन्द्र स्थापना गरिने

 मङि्सर १२, २०७८


दिप्तिशिखा चौधरी, दंगीशरण । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले मनोविमर्श केन्द्र स्थापना गरिने बताउनुभएको छ । दङ्गिशरणमा नागरिकहरुको लागि मनोविमर्श केन्द्र आवश्यक रहेको भन्दै यहि मंसिर २४ गतेका दिन केन्द्र स्थापना गरिने बताउनुभयो ।

परियोजना कार्यालय दाङको समन्वय तथा दंगीशरण गाउँपालिकाको आयोजनामा आज गाउँपालिकाको सभाहलमा मनोविमर्श केन्द्रको आवश्यक्ता र महत्व सम्बन्धि अन्र्तक्रिय कार्यक्रममा अध्यक्ष चौधरीले यस्तो बताउनुभएको हो ।

मनोविमर्श केन्द्र स्थापना भएपछि आर्थिक कुरामा कमि नहुने भन्दै दङ्गिशरणका नागरिकहरु यसलाई सदुपयोग गरेमा सार्थकता पाउने बताउनुभयो । हरेक रोगलाइ औषधिले मात्र ठिक नपार्ने भन्दै मनोविमर्श केन्द्रबाट सेवा लिन सकिने बताउनुभयो । कार्यक्रममा मनोविमर्शकर्ता राधा पौडेलले मनोविमर्शको आवश्यक्ता, मनोसामाजिक समस्याका कारण,आवश्यक्ता लगाएतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा हेकुली स्वास्थ्य चौकिका प्रमुख टेक बहादुर खत्री , महिला बालबालिका शाखाकि चन्द्रा वली, महिला एकता सामुदायिक ससंथाका विजया चौधरी लगाएतले मनोविमर्श केन्द्रको स्थापना भएमा आधा विरामि बाट स्वस्थ हुने बताए । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि ,कर्मचारी , प्रहरी प्रशासन, विभिन्न संस्थाका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

प्रशासन शाखा प्रमुख यादव डाङ्गिको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजिकरण ओरेककी कल्पना चौधरीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया