तुलसीपुरको सल्यानरोड स्थित पसलमा चोरी

 माघ ०२, २०७८

तुलसीपुर । तुलसीपुरमा गयराती चोरी भएको छ । सल्यान रोड स्थित किराना पसल, मदिरा पसलमा चोरी भएको प्रहरीले जनाएको छ । नेपाल टेलीकम देखि ५० मिटर माथी रहेका झण्डै ११ वटा सटरको ताला फोडेको छ । चोरले नगद,रीचार्ज कार्ड,मदिरा चोरी लगेको छ । थप विरण आउन बाकि रहेको छ ।

चोरले पौडेल किरान पसल,जुगार एण्ड बुढागाउ ईलेक्टोनिक्स सप्लायर्स,भाग्यलक्ष्मी कन्सर्न,न्यु पञ्चकोशी ईन्टरप्राईजेज लगायतका पसलमा ताला फोडेको छ । त्यहाबाट प्रहरीले ताला फोड्न प्रयोग गरेको दुई थान सरीया समेत बरामद गरेको छ । अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले क्षतीबारे विवरण संकलन गर्दै अनुसन्धान थालेको छ ।

तपाईंको प्रतिक्रिया