वडाध्यक्ष आक्रमणको घटनाप्रति नेविसंघको भत्र्सना

 असार १७, २०७७

तुलसीपुर,१७ असार ।
दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगी माथि भएको आक्रमणको नेविसंघ राप्ती बबई क्याम्पस ईकाई कमिटिले भत्र्सना गरेको छ । कावा सभापती कैलाश चन्दले एक विज्ञप्ती जारी गरि कार्यकक्षमै भएको उक्त घटनाको छानविन गरि कारवाहीको माग गरेका छन ।

जनताबट चुनिएका जनप्रतिनिधी माथि नै आक्रमण हुनु जनता माथिकै आक्रमण भएको हुदा दोषि माथि कारवाही नभए नेविसंघ चुप लागेर नबस्ने चेतावनि समेत दिईएको छ । विज्ञप्तीमा नेपाली कांग्रेसका नेता तथा वडध्यक्ष डाँगीको शिघ्र श्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
घाईते डाँगीलाई थप उपचारका लागि मंगलवार हेलिकप्टर मार्फत काठमान्डौ लगिएको हो ।

तपाईंको प्रतिक्रिया