विद्यालय कर्मचारी परीषद्को केन्द्रीय सदस्यमा दाङबाट खनाल

 फागुन २५, २०७८

तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परीषद्को छैठौं राष्टिय महाधिबेशन बुटवलमा सम्पन्न भएको छ । अबिधेशनको आजको बन्द सत्रले नँया कार्यसमिति चयन गरेको छ । जस अनुसारमा केन्द्रीय सदस्यमा दाङका मित्रलाल शर्मा खनाल चयन भएका छन । उनि परीषद्को तुलसीपुर उपमहानगरपालीकाको निवर्तमान नगर अध्यक्ष समेत हुन ।

मावि कालाखोलामा लेखापालका रुपमा कार्यरत खनालले निर्वाचन समितिका संयोजक नुरजंग केसीबाट सदस्यमा निर्वाचित भएको प्रमाण पत्र ग्रहण गरेका हुन ।

तपाईंको प्रतिक्रिया