निजामती सरह तभ दिन परीषद्को माग

 चैत २३, २०७८

तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामूदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीलाई निजामति कर्मचारी सरहको तलब भत्ता उपलब्ध गराउन माग गरेको छ । विद्यालयमा कार्यरत कार्यलय सहायक र कार्यलय सहयोगिको तलब न्युन रहेको भन्दै उचित तलवमान कायम गरिदिन आग्रह गरेको हो । परीषद्का अध्यक्ष गंगाराम तिवारी र कावा महासचिव प्रेम बहादुर खत्रिद्धारा हस्ताक्षरीत माग पत्रमा यस्तो उल्लेख गरिएको छ ।

झिनो अनुदानको रुपमा रकम निकासा भए पनि न्यूनतम पारिश्रमिक समेत नभएको जानकारी गराउँदै तलबमान कायम गर्न आग्रह गरेको हो । शिक्षा ऐन २०२८ अनुसार विभिन्न पदमा रहि काम गर्दे आएकोमा उही पदमा कार्यरत शिक्षकहरुले नेपाल सरकारले तोके अनुसारको सेवा सुविधा पाउने भएता पनि कर्मचारी माथि विभेद हुदै आएको परीषद्ले जनाएको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेललाई बुझाईएको माग पत्रमा आगामि आर्थिक वर्ष २०७९/८० को बजेटमा सेवा सुविधामा वृद्धि गरी कार्यन्वयनमा ल्याउन आग्रह गरिएको हो ।

तपाईंको प्रतिक्रिया