चीनको शङ्घाई सहरमा तीन कोरोना सङ्क्रमितको ज्यान गयो

 बैशाख ०५, २०७९

कोरोना भाइरस फैलिएको चीनको शङ्घाई सहरमा लकडाउनपछि पहिलो पटक सङ्क्रमितको ज्यान गएको छ । शङ्घाईमा हिजो तीन जना कोरोना सङ्क्रमितको ज्यान गएको समाचार एजेन्सी एएफपीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउने तीन जनाको उमेर ८९ देखि ९१ वर्षसम्मको रहेको स्थानीय प्रशासनले जनाएको छ ।

स्थानीय प्रशासनका अनुसार उनीहरुमा कोरोना सङ्क्रमणसँगै अरु रोग पनि थियो । कोरोना सङ्क्रमण बढेपछि शङ्घाईमा यही अप्रिल महिनाको सुरुवातदेखि लकडाउनकाे घोषणा गरिएको थियो । यसअघि गएको मार्च महिनामा चीनको जिलिन प्रान्तमा कोरोनाका कारण दुई जनाको ज्यान गएको थियो ।

तपाईंको प्रतिक्रिया