दाङमा माओवादी केन्द्रकाेे विजयी सुरुवात

 बैशाख ३१, २०७९

तुलसीपुर । दाङमा राप्ती गाउँपालिका ९ को अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ । गएराती देखी नै सुरु भएको मतगणना विहान सकिएको छ । वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर निर्वाचित हुनु भएको छ । शुक्रवार भएको निर्वाचनमा ७ सय १४ मत खसेकोमा मगरले ३ सय ५८ प्राप्त मत गरी निर्वाचित हुनु भएको हो ।

उहाको प्यानलनै विजयी भएको छ । राप्ती गाउँपालिकामा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा बिच चुनावी तालमेल भएको थियो । वडा अध्यक्ष पदमा प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले १ सय ९८, नेकपा एमालेका उम्मेदवारले ७६, स्वतन्त्र उम्मेदवारले १७ र जसपा उमेदवारले १ मत प्राप्त गरेको निर्वाचत अधिकृतको कार्यालय राप्ती गाउँपालिकाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया