उरहरीमा ग्रामीण पशु श्वास्थ्य कार्यकर्ता तालिमकाे समापन

 जेठ ३१, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेकाे अमर माध्यमिक विद्यालयमा ग्रामीण पशु श्वास्थ्य कार्यकर्ता तालिम समापन भएको छ । प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् लुम्बिनी प्रदेश बुटवलको आर्थिक सहयाेग र बिद्यालयकाे आयाेजनामा ६५ दिने तालिमकाे समापन भएको हाे ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खुसिराम चाैधरीकाे अध्यक्षता तथा वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावतकाे प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको हाे । कार्यक्रममा बाेल्दै अध्यक्ष रावतले सिपकाे माध्यमबाट आर्थिक रुपमा सक्षम बन्ने गरि अघि बढ्न सुझाव दिनुभएको थियोे । सामाजिक विकास समितिका संयाेजक समेत रहेका रावतले तालिममा सिकेको ज्ञानलाई ब्यवहारमा लागू गर्नुपर्नेमा जाेड दिएका थिए ।
उनले यस्ता किसिमका तालिमकाे लागि वडा सरकार बाट हुने सहयाेग रहने प्रतिबद्धता जनाएका थिए ।

तालिम प्रशिक्षक विजयता सुनारको स्वागत मन्तव्यबाट सुरु भएको तालिममा विद्यालयका प्रधानाध्यापक पदम बहादुर वली, शिक्षक अभिभावक सङ्घका अध्यक्ष लिलाधर डागि, विव्यस सदस्य हाेताराम बस्नेत,प्रशिक्षकहरु डाक्टर छविकिरण अधिकारी, डाक्टर बिधान पाेख्रेल,प्रशिक्षार्थिकाे तर्फबाट तेज थापा लगायतका बाेलेका थिए । तालिम समापन कार्यक्रमकाे सहजिकरण शिक्षक नारायण प्रसाद भण्डारीले गरेका थिए । चैत २५ देखि सुरु भएको तालिममा ४० जनाकाे सहभागिता रहेको थियोे ।

तपाईंको प्रतिक्रिया