राप्ती प्रादेशिक अस्पतालकाे सेवा सुधारकाे माग गर्दै ज्ञापन पत्र पेश

 असार ०३, २०७९

तुलसीपुर । जनता समाजबादी पार्टी नेपाल तुलसीपुर नगर समितिले राप्ती प्रादेशिक अस्पतालमा सेवा सुबिधा सुधारको माग गर्दै अस्पताल प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ ।

नगर समिति अध्यक्ष टोपबहादुर महतरा र सचिव मोहनसिंह वलीले शुक्रबार बिहान बिभिन्न नौं बुँदामा सुधारको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन । जस्मा उनीहरुले एक्शरे मेसिन, ल्याब टेष्ट गर्ने मेसिनबाट प्राप्त हुनुपर्ने सुबिधा सबै सर्वसाधारणले पाउनु पर्ने माग गरेका छन् । अस्पतालले पटक पटक त्यस्ता उपकरणहरु खराब भएको छ भन्दै सेवा नदिने गरेको गुणना गरिएको छ ।

अस्पतालबाट निशुल्क पाउनु पर्ने औषधि र सुबिधा नपाएको, सबै बिवरणहरु सूचना पार्टीमा नलेखिएको, बिरामीका लागि स्वच्छ पिउने पानीको ब्यबस्था नमिलाइएको, सामान्ने बिरामीलाई पनि रिफर गर्ने गरिएको जस्ता गुणनाहरु ज्ञपान पत्रमा समेटिएका छन् । ती कुराहरु सुधारको माग गरिएको छ ।

त्यस्तै अपाङ्गता भएका ब्यक्ति र जेष्ट नागरिकलाई पहिलो प्राथमिकतामा राखेर उपचारको ब्यबस्था मिलाउन माग गरिएको छ । अस्पतालमा कार्यरत डाक्टरहरु नियमित रुपमा सेवामा खट्नु पर्ने, बाहिरका क्लिनकमा धेरै र अस्पतालमा कम समय दिने गरेको जस्ता गुणासोहरु गर्दै ती कुरा सुधार्नपनि माग गरिएको छ । कर्मचारी, नर्स तथा डाक्टरको परिचय खुल्ने गरि परिचय पत्रको ब्यबस्थापन गर्न तथा अस्पतालको फोहरलाई उचित ब्यबस्थापन गर्न माग गरिएको छ ।

तपाईंको प्रतिक्रिया