दिल्लीमा १० दिनमा ३ गुणाले बढ्यो कोरोना मृत्युदर

 साउन २६, २०७९

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित १६ हजार २९९ थपिएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख २५ हजार ७६ पुगेको छ । परीक्षणका क्रममा संक्रमितको दर पनि ४.५८ प्रतिशतले बढेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

पछिल्लो समय राजधानी नयाँदिल्लीमा संक्रमण दर निकै बढेको छ । दिल्लीमा मात्र पछिल्लो २४ घण्टामा २ हजार १४६ जना नयाँ संक्रमित फेला परेका छन् । त्यहाँ ८ जनाको मृत्यु भएको छ । करिब यो पछिल्लो १८० दिनमा सबैभन्दा धेरै मृत्यु संख्या भएको ‘आज–तक’ले उल्लेख गरेको छ । यसअघि १३ फेब्रुअरीमा एकैदिन १२ जनाको मृत्यु भएको थियो ।

तपाईंको प्रतिक्रिया