उद्यमशिलता विकास प्रशिक्षक तालिम सुरु

 भदौ ११, २०७९

तुलसीपुर । तुलसीपुरमा उद्यमशिलता विकास प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । विभिन्न जिल्लामा सामुदायिक बन र ग्रिण फाउन्डेसनमा आवद्ध रहेका २६ जनालाई तालिम दिन थालिएको हो । भदौ २० गते सम्म सञ्चालन हुने तालिमको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

ग्रीन फाउन्डेसनका जिल्ला अध्यक्ष बिष्णु बहादुर केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतीथी खड्काले आर्थिक उपार्जनको लागि उद्यमशिलताको आवस्यकता रहेकोले बजारको आवस्यकतालाई मध्यनजर गरेर अघि बढ्नुपर्ने बताएका थिए । उद्यम तर्फ आकर्षण बढेता पनि बजारीकरणमा समस्या आउने हुदा स्थानीय सरकार सहयोग गर्न प्रतिबद्ध रहेका बताएका थिए ।

ग्रीन फाउन्डेसनका सचिव सुरेस रावतको स्वागत तथा विषय प्रबेशबाट सुरु भएको कार्यक्रममा उद्योग बाणिज्य सङ्घका अध्यक्ष राम प्रसाद चालिसे, प्रमुख प्रशिक्षक बाबुराम रानाभाट, वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारी बर्षात लगायतले बोलेका थिए । ग्रीन फाउण्डेसन नेपाल, सिप्रेड र फेकोफनको आयेजनामा भएको तालीम उदघटन कार्यक्रमको सहजिकरण दिपक परियारले गरेका थिए ।

तपाईंको प्रतिक्रिया