कर्मचारी परीषद्ले भन्यो –’विद्यालय बन्द गरेर सहयोग गरिदिनु’

 भदौ ११, २०७९

काठमाडौं । आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परीषद्ले भदौ १२ देखि १८ गतेसम्म सामुदायिक विद्यालय बन्दको आव्हान गरेको छन । भदौ १ गते देखि आन्दोलनमा उत्रिएको परीषद्ले धर्ना प्रदर्शन सगैं विद्यालय बन्द गर्ने योजना अघि सारेको हो । सरकारले आफूहरूसग पटक–पटक गरेका सहमति उल्लंघन गरेको भन्दै विद्यालय कर्मचारी आन्दोलनमा उत्रिएका हुन ।
यसैविच, विद्यालय कर्मचारी परीषद् दाङले विद्यालय बन्द गरेर सहयोग गर्न अपिल गरेको छ ।

जिल्ला अध्यक्ष गोविन्द जिसी र सचिव तप्त शर्माले विज्ञप्ती जारी गर्दै आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन । जिल्ला १० पालीका र सबै विद्यालयका प्रधानाध्यापकलाई सम्बोधन गर्दै आवस्यक सहयोग तथा सहजिकरण गरिदिन अनुरोध गरिएको छ । ‘हाम्रा माग प्रति सरकार उदासिन हुदा आन्दोलनमा गर्न बाध्य छौं, यसबाट परेको असुविधा प्रति क्षमा प्रार्थी छौ’जारी गरिएको अपिलमा उल्लेख गरिएको छ ।

यस्तै तुलसीपुर नगर परीषद्ले पनि तुलसीपुरका सबै विद्यालय बन्द गर्ने कार्यक्रममा सहयोग गरिदिन आग्रह गरेको छ । नगर अध्यक्ष मिना भण्डारीद्धारा हस्ताक्षरीत अपिल पत्रमा विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकलाई सहजिकरणका लागी अनुरोध गरिएको हो ।

विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि रू ३४,७३० मासिक तलब र २०० रूपैयाँ महंगी भत्ता गरि जम्मा रू ३६,७३० दिनुपर्ने, विद्यालय सहयोगीलाई रू २४,२१० र महंगी भत्ता रू २०० गरि रू २६,२१० दिनुपर्ने, शिक्षा ऐन २०२८ को संशोधन गरि विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पु¥याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई सम्मानजनक अवकाशको व्यवस्था गरिनुपर्ने, विभिन्न समयमा गरिएका सहमति, सम्झौता, तथा सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनुपर्ने लगायतका माग विद्यालय कर्मचारीले राखेका छन् ।

तपाईंको प्रतिक्रिया