विद्यालय बन्दबारे शिक्षक संगठन दाङको ऐक्यबद्धता

 भदौ १२, २०७९

तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परीषद्ले थालेको आन्दोलन प्रति शिक्षक संगठन दाङले ऐक्यबद्धता जनाएको छ । विभिन्न माग राखि भदौ १ देखि आन्दोलनमा उत्रिएका कर्मचारीका माग जायज रहेको र सरकारले पुरा गर्नुपर्ने संगठनले जनाएको छ । जिल्ला अध्यक्ष दामोदर बस्नेत र सचिव मिनराज शर्माले आज एक विज्ञप्ती जारी गरि सरकारले पटक पटक गरेका सहमती कार्यान्वयन नगरि कर्मचारी माथि अन्याय गरेको उल्लेख गरिएको छ ।

परीषद्लाई आज पत्र लेखेर बार्तामा बोलाएको हो । साथै भदौ १२ गते देखि गरिएको विद्यालय बन्दको कार्यक्रमलाई सफल पार्न सवैमा आग्रह गरिएको छ ।

यसैविच, शिक्षा मन्त्रालयले भने कर्मचारीका मागहरु समाधान गर्नका लागी छलफलमा बोलाएको छ । विद्यालय कर्मचारी परीषदले भने वार्ता जारी रहेपनि आन्दोलनका कार्यक्रम भने यथावत रहने जनाएको छ ।

तपाईंको प्रतिक्रिया