केन्यालाई हराउँदै नेपालले ‘वान डे’ श्रृंखला जित्यो

 भदौ १८, २०७९

काठमाण्डाै । दाेस्राे एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई १६ रनले हराएकाे छ । केन्यालाई १६ रनले हराउँदै नेपालले ‘वान डे’ श्रृंखला जितेको छ । २ सय ३१ रनको लक्ष्य पछ्याएको केन्याले २१४ रन मात्रै बनाउन सक्यो । नेपालले दिएकाे दुई सय ३१ रनकाे लक्ष्य पछ्याएकाे केन्या ४६ ओभर ३ बलमा दुई सय १४ रनमा अलआउट भयाे ।

यसअघि नैराेबीमा टस जितेर पहिला ब्याटिङ गरेकाे नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै दुई सय ३० रन बनायाे । नेपालका लागि कप्तान राेहित पाैडेलले ७८ रन बनाए । यस्तै देव खनालले ३७ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए । बलिङतर्फ केन्याका कप्तान शेम एनगाेचे र विराज पटेलले दुई/दुई विकेट लिए ।

तपाईंको प्रतिक्रिया