राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा दाङका ५२ बिद्यालय छनाेट

 भदौ ३०, २०७९

तुलसीपुर । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालय विवरण सार्वजनिक भएको छ । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय विद्यालय छनोट गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसन्धान तथा शैक्षिक गुणस्तर शाखाका निर्देशक गोबिन्दराज पोख्रेलले कार्यक्रम कार्यान्वयन सम्बन्धी बिस्तृत प्रक्रिया तयारी भईरहेको जनाएका छन् । उनले वित्तिय हस्तान्तरण हुने क्रममा रहेकोले प्राप्त भएपछि कार्यक्रम लागू गर्न तथा गराउन निर्देशन समेत दिएका छन् ।

जस अनुसार दाङबाट ५२ वटा विद्यालय छनाेटमा परेका छन । जिल्लाका दस पालिका मध्ये सबैभन्दा धेरै घाेराहिका ९ वटा विद्यालय छनाेट भएका छन । त्यसैगरी तुलसीपुरमा ८,शान्तिनगरमा ५,राप्तीमा ४,बङ्गलाचुलिमा ४, राजपुरमा ५ वटा विद्यालय छनाेट भएका छन। यस्तै गढवमा ४,बबईमा ५,लमहीमा ४ र दङ्गीशरणमा ४ वटा बिद्यालय छनाेट भएका हुन ।

जसमध्ये २९ वटा बिद्यालयमा २ र ४ काेठे भवन बन्नेछन् भने २३ वटा बिद्यालयमा आईसिटि ल्याव स्थापना हुनेछ । केन्द्रका अनुसार ४ काेठे भवनको लागि ४५ लाख, २ काेठे भवनको लागि २२ लाख पचास हजार र आईसिटि परेका बिद्यालयले ६ लाख पचास हजार पाउनेछन् ।

दाङबाट छनाेट भएका बिद्यालय हेर्नुस्

तपाईंको प्रतिक्रिया