प्रदेश रत्न पदक पत्रकार खड्कालाई, तीन जना सामाजिक ब्यक्तित्वलाई समाज सेवा पदक

 असोज ०३, २०७९

तुलसीपुर ।  लुम्बिनी प्रदेश सरकारले पत्रकार नारायण खड्कालाई प्रदेश रत्न पदक प्रथम प्रदान गर्ने घोषणा गरेको छ । आठौं संविधान दिवसका अवसरमा बुटवलमा सोमबार बिहान आयोजित एक समारोहका बीच पत्रकार खड्कालाई उक्त पदक दिने प्रदेश सरकारले घोषणा गरेको हो ।

खोज पत्रकारिता मार्फत जनतालाई सुशुचित गर्ने निरन्तरता प्रदान गरेको भन्दै पत्रकार खड्कालाई प्रदेश रत्न पदक प्रथम प्रदान गर्ने घोषणा गरिएको प्रदेश सरकारको निर्णयमा उल्लेख छ । दाङ तुलसीपुरबाट पत्रकारिता गर्दै आएका पत्रकार खड्का बिगत २० बर्षदेखि पत्रकारितामा निरन्तर क्रियासिल छन् ।

त्यस्तै लमहीमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार शिवु खनाललाई तृतीय रत्न पदक प्रथम प्रदान गरिने भएको छ ।

यस्तै, तुलसीपुरका थप तीन जना ब्यक्तिलाई पनि प्रदेश सरकारले पदक प्रदान गर्ने भएको छ । तुलसीपुरका प्रतिष्ठिन ब्यबसायी, तथा सामाजिक अभियान्ताहरु बिमल रिजाल, टोपबहादुर घर्ती र तुलसी बाल हस्पिटलका संचालक बालरोग विषेशज्ञ डा.किशोर खत्रीलाई समाज सेवा पदक प्रदान गर्ने प्रदेश सरकारले निर्णय गरेको छ ।

संविधान दिवशको अवसरमा घोषणा गरिएका पदक प्रदेश स्थापना दिवसका अबसरमा प्रदान गरिने भएको छ ।

तपाईंको प्रतिक्रिया