तुलसीपुर १८ बालश्रम मुक्त वडा घोषणा

 असोज ०७, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर बाल श्रममुक्त वडा घोषणा गरिएको छ । याे सङै तुलसीपुर उपमहानगरपालिकामा वडा नम्बर १,२ ,६ र १८ वडा बालश्रम मुक्त घोषणा भएका छन् । कार्यक्रममा नगर प्रमुख टीकाराम खड्काले प्रतिबद्धता पत्र वाचन गरेर बालश्रम मुक्त वडा घोषणा गर्नुभएको थियो ।

बालश्रम मुक्त घोषणा बापत नगरप्रमुख टीकाराम खड्काले वडाध्यक्ष माधव वलीलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष माधव वलीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईंको प्रतिक्रिया