ढुक्क भएर मतदान गर्न मतदातालाई गृहकाे आग्रह

 मङि्सर ०२, २०७९

काठमाडौँ। गृह मन्त्रालयले यही मङ्सिर ४ गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आममतदातालाई आग्रह गरेको छ । भौतिक तथा हिंसात्मक गतिविधिमा संलग्न जोकोहिमाथि कडा निगरानी राखिएको उल्लेख गर्दै मन्त्रालयले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास दिलाएको छ ।

निर्वाचनको पूर्व तयारीबारे मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता विनोद प्रकाश सिंहले कर्मचारी, मतदाता र मतपत्रको सुरक्षामा खतरा पु¥याउने व्यक्ति दल/समूह र सङ्गठनमाथि कडा निगरानी राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतभन्दा धेरै राम्रो निर्वाचन सुरक्षा व्यवस्था गरेका छौँ । सम्पूर्ण मतदातालाई उत्साहपूर्वक मताधिकार प्रयोग गर्न अनुरोध गर्दछु ।”

तपाईंको प्रतिक्रिया