भूमि आयोगले काम नगरेपछि सुकुमबासी हटाउन आफैं उत्रिएको महानगरको दाबी

 मङि्सर १४, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय भूमि आयोगले महानगरभित्रका सुकुमबासी समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं काममा उत्रिएको दाबी गरेको छ । आयोगको क्षेत्राधिकारभित्र पर्ने सुकुमबासी समस्या समाधान गर्न भन्दै काठमाडौं महानगर, अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समीति र उपत्यका विकास प्राधिकरण खटिएका छन् ।

काठमाडौं महानगर र भूमि आयोगबिच ९ भदौ ०७९ मा एक सहमति समेत गरिएको थियो । यो सहमति अनुसार महानगरले आफ्नो क्षेत्रभित्र रहेका सुकुमवासीको लगत संकलन गरेर आयोगलाई बुझाउनुपर्ने थियो । सहमती पत्रमा महानगरले सुकुमवासीको व्यवस्थापनका लागि आयोगलाई सहयोग गर्ने समेत लेखिएको छ ।

आयोगको तर्फबाट आयोग अध्यक्ष केशव निरौला र महानगरका तर्फबाट मेयर बालेन्द्र शाहले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यो सहमति अनुसार काम नगरेर महानगरले आयोगको कामका बाधा पु¥याएको बताउँछन आयोगका उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खड्का । यता काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धर भने आयोगले समयमा काम नगरेका कारण महानगर आफैं सक्रिय भएको दाबी गर्छन् ।

तपाईंको प्रतिक्रिया