तुलसीपुर महाेत्सव सातौ दिनमा ‘हाउस फुल’

 पुष ०२, २०७९

तुलसीपुर ।  तुलसीपुरमा गत मंसिर २५ गतेदेखि सञ्चालित महोत्सब जारी रहेको छ ।  लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको आज सातौ दिन दर्शकको उल्लेख्य उपस्थिती रहेको थियो । शनिबारका दिन अहिलेसम्मकै धेरै दर्शकले महाेत्सव अवलोकन गरेकाे आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए । महाेत्सव स्थल दर्शकले भरिभराउ भएको थियोे ।

कलाकारहरुकाे प्रस्तुतिमा रमाउने देखि लिएर स्टलहरुमा सामान किनमेल हुदै मनाेरञ्जनका स्टलमा अत्यधिक भिड थियोे ।   चर्चित  गायक प्रकाश सपुत जब स्टेजमा आए दर्शकले  हुटिङका साथ प्रस्तुतिलाई थप आकर्षित बनाएका थिए । उनले धन कमाउन भनी विदेशी भुमिमा जादा  पाएकाे दु:ख तथा माया प्रेमका गितले दर्शकलाई भरपुर मनाेरञ्जन दिएका थिए । उनले बाेल माया,तिम्राे मायाले मलाई पिर दियाे,पछ्याैरी च्यातियाे लगायत आधा दर्जन बढि गित गाएका थिए ।

यस्तै, गायिका प्रिती आले सङ्गकाे ब्याटल दाेहाेरी गितमा अवेर सम्म दर्शक झुमेका थिए । भोलीपनि गायक हेमन्त शर्मा, गायिका ऋतु कँडेल, सन्तोष बस्याल, गायक प्रेमविवश घर्ती, लगाएत राष्ट्रिय तथा स्थानियस्तरका कलाकारहरुको प्रस्तुती रहने छ ।

महाेत्सवमा दिनहु जसाे भिड बढेकोमा आयाेजक थप हाैसिएकाे छ । अनेक बाधाका विच सुरु भएको महाेत्सवले दर्शककाे साथ पाउँदा सफल हुनेमा  आयाेजक  विस्वस्थ रहेकाे छ ।

तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने थप उद्देश्य रहेको आयोजकले जनाएको छ । महोत्सव आगामी पुष ६ गते सम्म सञ्चालन हुने छ ।

तपाईंको प्रतिक्रिया