हास्यशृंखला ‘सक्किगो नि’को प्रसारण रोकियो

 पुष २१, २०७९

काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यश्रृंखला ‘सक्किगो नि’को प्रसारण रोकिएको छ । सिरियलको १०० औं भाग प्रसारण भएपछि कार्यक्रम रोकिएको टेलिभिजन र उत्पादक संस्था जेपीटी क्रिएसनले जनाएका छन् । जेपिटी क्रिएसनका अध्यक्ष तथा कलाकार अर्जुन घिमिरे पाँडेले टेलिभिजन व्यवस्थापनसँगै सल्लाह गरेरै कार्यक्रम केही सातालाई रोकिएको बताए ।

केही सातापछि पुनः दर्शकमाझ आउने योजना रहेको पाँडेले जानकारी दिए । २०७७ मंसिर १७ गतेदेखि यो श्रृंखला हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो । तीन वर्षको लागि गरिएको सहमतिअनुसार २०८० मंसिर १७ गतेसम्म सम्झौताको समयावधि रहेको समेत उनले जनाए ।

तपाईंको प्रतिक्रिया