तुलसीपुरमा सुनचाँदी कालिगढलाई परिचयपत्र दिईने

 पुष २७, २०७९

तुलसीपुर । तुलसीपुर दाङ सुनचाँदी ब्यबसायी संघले कालिगढहरुलाई परिचयपत्र उपलब्ध गराउने भएको छ । तुलसीपुर क्षेत्रमा सुनचाँदी सम्बन्धि काम गर्ने कालिगढहरु विभिन्न पसलमा आबद्ध भएपनि परिचयपत्र नहुदा एकिङ विवरण समेत नभएको भन्दै अबदेखी उनिहरुलाई परिचयपत्र दिने निर्णय भएको संघका अध्यक्ष हरिकृष्ण बिकले बताउनुभयो ।

केही दिन अघि सम्पन्न भएको संघको १४ औं बार्षिक साधारणसभाको बन्दसत्रले कालिगढहरुलाई परिचयपत्र दिने गरि निर्णय पारित भएको हुदा छिटै कार्यन्वयन गरिने उहाले बताउनु भयो । साथै संघको बन्दसत्रले संघमा आबद्ध ब्याबसायीहरुको हितको लागि राहत कोष स्थापना गर्ने निर्णय पनि भएको संघका कार्यालय सचीव रामचरण गुप्ताले जानकारी दिनुभयो ।

उहाका अनुसार उक्त कोषबाट कुनै ब्याबसायी सदस्यलाई दिर्घरोगी तथा घातक बिरामी भएका वा मृत्यु भएमा २५ हजार रुपैयाँ राहत स्वरुप आर्थिक सहयोग गरिनेछ । यस्तैगरी उक्त कोषबाट आगलागी पीडित ब्याबसायिलाई ११ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएको उहाले बताउनु भयो ।

तपाईंको प्रतिक्रिया