‘विद्यार्थी कमजोर छन्,स्कुल आउदैनन् भनेर पन्छिन पाईदैन’: संयोजक रावत

 माघ ०७, २०७९

तुलसीपुर । तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालय उरहरीमा शैक्षिक अवस्था र सुधारको लागी बृहत छलफल भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षता तथा उपमहानगरका सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतको प्रमुख आतिथ्यममा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रावतले विद्यार्थीमा भोग जगाई सिक्न ईच्छुक हुने खालको वाताबरण सृजना गर्न शिक्षकलाई आग्रह गरेका थिए ।

‘विद्यार्थी कमजोर छन्, स्कुल आउदैनन् भनेर पन्छीने कसैलाई छुट छैन’ – संयोजक रावतले भने । ‘स्कुल आएर हरेक दिन नया कुरा सिक्न इच्छुक हुने खालको वातावरण बनाउनुस’ । यसका साथै हरेक दिन नया प्रविधिको विकास भइरहेको हुदा शिक्षक पनि त्यसमा जोडिनुपर्ने उनले बताएका थिए । वडा नम्बर ११ का अध्यक्ष समेत रहेका रावतले शिक्षण सिकाईमा सुधार ल्याउन अभिभावक र विद्यार्थीले पनि निरन्तर खवरदारी गरि आफ्नो कर्तव्य पालान गर्नुपर्ने उनले बताएका थिए ।

निमावि संयोजक निर्मल कुमार वलीको स्वागत मन्त्व्यबाट सुरु भएको कार्यक्रममा शिक्षकहरु आआफ्नो विषयको औषत उपलव्धी प्रस्तुत गरेका थिए । त्यसमाथि विद्यार्थी र अभिभावकले ब्यापक छलफल गरि आगामि दिनमा सुधार गन प्रतिबद्धता जनाएका थिए । यसैविच सो अवसरमा नवनिर्वाचित वि.ब्य.स. र शि.अ.सं.लाई माईन्युट हस्तान्तरण गरिएको थियो । निवर्तमान अध्यक्ष खुसीराम चौधरीले वर्तमान अध्यक्ष होताराम बस्नेतलाई माईन्युट हस्तान्तरण गरेका थिए ।

सो अवसरमा निवर्तमान अध्यक्ष खुसीराम चौधरी, शि.अ.सं.का निवर्तमान अध्यक्ष लिलाधर डँगी, प्रधानाध्यापक पदम बहादुर वली, अभिभावक , विद्यार्थी लगायतका आ आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सहजिकरण मावि संयोजक यज्ञ बहादुर अधिकारीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया