विवाद मिलाउन वामदेवको ६ बुदे प्रस्तावः केपी ओली महाधिवेशनसम्म अध्यक्ष, ५ वर्षै प्रधानमन्त्री

 साउन १३, २०७७

साउन १३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधि सभाको यो कार्यकाल भरी केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि उनी कायम रहने गरी सहमतिको प्रस्ताव पेश गरेका छन् ।

गौतमले सहमतिका लागि ६ बुँदे प्रस्ताव पेश गर्दैै यस्तो बताएका हुन् । 

उनको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने र एकता महाविधेशन सहमतिमा आयोजना गर्ने प्रस्ताव गरेका छन् । 

उनले प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुअघि पार्टीको सचिवालयमा छलफल गर्नुपर्ने प्रस्ताव राखेका छन् । 

यस्तै पार्टी सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषदको पुनर्गठन र राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने र आगामी दिनमा पार्टीको बैठक पार्टी कार्यालयहरुमा गर्ने प्रस्ताव गरेका छन् । 

यस्तै संसदमा नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि पार्टी सचिवालयमा परामर्श लिनुपर्ने पनि उनको प्रस्ताव छ । 

तपाईंको प्रतिक्रिया