अमेरिकामा गोली प्रहारबाट ९ जनाको मृत्यु

 माघ १०, २०७९

काठमाडौं  । अमेरिकाको क्यालिफोर्नियामा ११ जनाको ज्यान जाने गरी भएको गोली प्रहारको घटनाको तेस्रो दिन पुनः दुईवटा गोली प्रहारका घटना भएका छन् । यी घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्। अधिकारीहरुका अनुसार क्यालिफोर्नियाको तटीय सहर ‘हाफ मुन बे’ मा गोली प्रहारको घटना भएको हो। यो घटनामा ७ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। गोली प्रहारमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै अर्को एक घटनामा दुई विद्यार्थी मारिएका छन् । विद्यालयमा चलेको गोली लागेर २ विद्यार्थीको मृत्यु भएको र २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। यो घटनामा संलग्नलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सान फ्रान्सिस्कोमा गोली प्रहारको तेस्रो घटना भएको छ । उक्त घटनामा मानवीय क्षति बारेको विवरण प्राप्त नभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईंको प्रतिक्रिया