तुलसीपुर ११ : विपन्न तथा बेरोजगारलाई श्रममा जोड्दै

 माघ १७, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका – ११ नम्बर वडाले गरिब, विपन्न तथा बेरोजगारलाई रोजगार बनाउन नयाँ अवधारणा अघि सारेको छ । आर्थिक अवस्था कमजोर  भएकाहरुलाई काम नपाएर बेरोजगार बस्नुपर्ने बाध्यतामा रहेका र घरखर्च चलाउन मुस्किल भएका वडा बासीलाई बेमौसमी तरकारी खेतीसँग जोड्ने तयारी वडाले गरेको छ । गरिब तथा विपन्न वर्गलाई वडा सरकारको अनुभुति गराउन २० बिघाहा जमिन भाडामा लिएर बेमौसमी तरकारी खेती गर्न लागेको वडा अध्यक्ष मानबहादुर रावतले बताउनुभयो । यसका लागि इच्छुक व्यक्तिले फागुन मसान्त सम्म वडा कार्यालयमा पुगेर आवेदन दिनुपर्ने छ ।

वडाले प्रति व्यक्ति पाँच कट्ठासम्म जग्गा उपलब्ध गराउनुका साथै मल, बिउँ तथा बजारीकरणको समेत व्यवस्थापन गरि सहजीकरण गर्ने वडा अध्यक्ष रावतले बताउनुभयो । आर्थिक अभावकै कारण पीडामा रहेका वडा बासीलाई आर्थिक सङ्कटबाट मुक्त गरि केही राहतको महसुस बनाउने उद्देश्य छ ।

 

तपाईंको प्रतिक्रिया