सगरमाथा बालवाटिकामा खेलकुद सप्ताह सुरु

 माघ २४, २०७९

तुलसीपुर ।  तुलसीपुर – ९ स्थित सगरमाथा वालबाटिका बाेर्डिङ्ग स्कुलले खेलकुद सप्ताह सभारम्भ गरेको छ । विद्यालयका प्रिन्सिपल छवि कुमार वलीकाे अध्यक्षतामा मार्चपास सहित कार्यक्रमकाे सुभारम्भ भएको हाे । विद्यार्थीलाई शारीरिक,मानसिक तथा अनुशासित बनाउन अतिरिक्त क्रियाकलापकाे महत्त्वपूर्ण भुमिका हुने भएको हुदा कार्यक्रमकाे आयाेजना गरिएको हाे । अतिरिक्त क्रियाकलाप  संयाेजक पविता विश्वकर्माकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे सहजिकरण कल्पना केसीले गरेकि थिइन् ।

खेलकुद कार्यक्रममा फुटबल,दाैड,ताताे आलु, गायन,नृत्य लगायतका प्रतियोगिता सञ्चालन हुनेछन् । प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने विद्यार्थीलाई शुक्रबार  पुरस्कार वितरण  तथा शनिबार अभिभावक भेला  हुने प्रिन्सिपल छवि कुमार वलीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया