ठाकुरले गरे विद्यालयमा ५५ हजारकाे अक्षयकाेष स्थापना
तुलसीपुर । तुलसीपुर – ११ स्थित शान्ती आधारभुत विद्यालय नवलपुरमा एक समाजसेवि तथा राजनितिज्ञले अक्षयकोष स्थापना गरेका छन । साेहि ठाउका देवराज ठाकुरले ५५ हजार ५ सय ५५ रुपैयाकाे अक्षयकोष स्थापना गरेका हुन ।
गरिव तथा जेहेन्दार विद्यार्थिकाे पठन पाठनमा थाेरै भएपनि राहत मिलाेस भन्ने हिसावले अक्षयकोषकाे स्थापना गरेकाे ठाकुरले बताएका छन । नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेका ठाकुरले यस अघि पनि विभिन्न सामाजिक कार्यमा सहयाेग गर्दै आएका छन । आज विद्यालयमा प्रदेशसभा सदस्य धनबहादुर मास्किकाे प्रमुख आतिथ्यता तथा वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयाेजक मान बहादुर रावतकाे विशिष्ठ आतिथ्यमा आयाेजित अभिभावक भेलामा ठाकुरले अक्षयकोषकाे घाेषणा गरेका हुन ।
यसैविच अभिभावक भेलाबाट सर्वसम्मत रुपमा कासिराम चाैधरीकाे अध्यक्षतामा विद्यालय ब्यवस्थापन समिति गठन गरिएकाे छ ।


तपाईंको प्रतिक्रिया