कक्षा-१२ को परीक्षा आगामी वैशाख २६ देखि

 फागुन २१, २०७९

काठमाडौं । कक्षा-१२ को परीक्षा आगामी वैशाख २६ गतेदेखि सुरु हुने भएको छ । आइतबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले २०८० सालमा सञ्चालन गरिने कक्षा-१२ को परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक भएको हो ।

परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी हुनेछ। परीक्षा समय बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म तोकिएको छ। तालिका अनुसार जेठ ५ गते परीक्षा सकिनेछ ।

 

तपाईंको प्रतिक्रिया