`सुनचाँदी व्यवसायीकाे सुरक्षामा राज्यले ध्यान दिएन´

 फागुन २१, २०७९

तुलसीपुर । तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघ तुलसीपरले नेपाल सुनचाँदी व्यवसायी महासंघको १० औँ स्थापना दिवसका अवसरमा शनिवार शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाएको छ । संघले आयोजना गरेको कार्यक्रममा केक काटेर दिवस मनाएको छ ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी ब्यवसायी महासंघका निवर्तमान अध्यक्ष मोहन सुनारले सुनचाँदी व्यवसायीहरु आफनो हक र अधिकारका लागी एकजुट हुनुपर्ने बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सुनारले महासंघले विगत देखी नै व्यवसायीहरुका थुप्रै मुद्धाहरु उठाउदै आएको भन्दै यसका लागी व्यवसायीहरुको साथ र सहयोग निरन्तर रुपमा हुनु पर्ने बताउनुभयो ।

देशभर सुनचादी पसल गर्ने व्यवसायहरुका विभिन्न समस्या र चुनौतीलाई अन्त्य गर्नका लागी महासंघले आवाज उठाउदै आएको स्मरण गराउदै निवर्तमान अध्यक्ष सुनारले व्यावसायीक सुरक्षामा राज्यले ध्यान नदिएको बताउनुभयो ।

संघका अध्यक्ष हरिकृष्ण विकको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुनारले व्यवसायीको सुरक्षा, कच्चा पदार्थको सहज आपुर्ति र कानुनी झन्झटलाई अन्त्य हुने गरी राज्यले आबश्यक निति निर्माण गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
सो अवसरमा बोल्दै विशिष्ट अतिथि महासंघका बरिष्ठ उपाध्यक्ष अर्जुन रसाईलीले देशभरका सुनचादी व्यवसायीहरुलाई संगठित बनाउने उद्देश्यका साथ विक्रम संम्वत २०६८ सालमा स्थापना भएको संस्था २०६९ सालमा विधिवत रुपमा दर्ता भएको बताउनुभयो ।

साथै संगठन आफैमा बलियो नहुने भन्दै यसका लागी सवैको सहयोग आबश्यक पर्ने उहाले बताउनुभयो । यस्तैगरी महासंघका केन्द्रिय कोषाध्यक्ष सुदिप श्रेष्ठले महासंघले व्यवसायीहरुलाई आबश्यक पर्ने कच्चा पदार्थ पान नम्बरका आधारमा वितरण हुनु पर्ने माग गर्दै आएको बताउनुभयो ।

सो अवसरमा सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका सयोजक बुद्वि दियालीले दिवसलाई उत्सवका रुपमा मनाउनुु पर्ने बताउनुभयो । संघका उपाध्यक्ष ईन्द्रविर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा महासंघका केन्द्रिय सदस्य लोक बहादुर स्वर्णकारले उपलब्ध गराएको मायाको चिनो प्रमुख अतिथि सुनारलाई प्रदान गरिएको थियो ।

कार्यक्रमको सहजीकरण संघका महासचिव तुलसीराम सुनारले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया