इक्वेडर र पेरुमा शक्तिशाली भूकम्प

 चैत ०५, २०७९

काठमाडौं । दक्षिण अमेरिकी देश इक्वेडर र पेरुमा शक्तिशाली भूकम्पमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इक्वेडरमा १३ र पेरुमा एक जना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समय अनुसार हिजो साँझ ५ बजे गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पपछि धेरै शहरका भवनहरू क्षतिग्रस्त भएका छन् । भूकम्पले भत्किएका घरमा केही मानिस फसेको आशंका गरिएको छ। भूकम्पको धक्का मनाबी, मान्ता र राजधानी क्विटोलगायत सहर र छिमेकी देश पेरुमा समेत परेको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको सबैभन्दा बढी प्रभाव तटीय क्षेत्र ग्वायासमा परेको छ। भूकम्पको केन्द्रविन्दु यहाँबाट ८० किलोमिटर टाढा रहेको ग्वायाकिल सहरमा रहेको छ।

तपाईंको प्रतिक्रिया