प्रकाश सपूतको नयाँ गीत चर्चामा

 बैशाख ०२, २०८०

काठमाडौँ । गायक प्रकाश सपूतले ल्याएका गितले सधै चर्चा कमाउने गरेको छ । यस्तैमा उनले बिहीबार सार्वजनिक गरेको नयाँ गीत ‘सकम्बरी’ (फूलमाया) पनि अहिले चर्चामा छ । गीत युटयुवको ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । बिहीबार सार्वजनिक गीतले समाचार तयार गर्दासम्म १५ लाख ५२ हजार भ्युज पाएको छ ।

नयाँ वर्षको पूर्व सन्ध्या पारेर सार्वजनिक गीतमा सपूतको शब्द, सङ्गीत र स्वर छ । गीतको सङ्गीत संयोजन भने सुदीप सागरले गरेका हुन् । गीतमा सपूतलाई बर्ता गन्धर्वले स्वरमा साथ दिएकी छन् । गीतको भिडियोमा भने कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवती (फूलमाया) को कथा बुनिएको छ । जसको निर्देशन सपूत आफैँले गरेका हुन् । भिडियोमा एउटा महिलाले घरपरिवारका लागि गर्ने कर्तव्य समेत देखाइएको छ ।

 

तपाईंको प्रतिक्रिया