पेट्रोलियम पदार्थको मूल्य घटेर आयाे

 बैशाख १८, २०८०

दाङ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर ४ रूपैयाँभन्दा धेरै घटेर आएको छ । भारतिय आयल निगम (आइओसी) ले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ४ रुपैयाँ  ३३ पैसा र डिजल लिटरमा ४ दशमलब ११ रूपैयाँले मूल्य घटेर आएको हो ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटबढसँगै आइओसीले निगमलाई पठाउने मूल्य पनि घटेर आएको बताइएको छ । निगमलाई अहिलेको मूल्य यथावत रहे पेट्रोल लिटरमा १० रूपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ नाफा रहने जनाइएको छ । मूल्य घटबढ नभएमा आगामी १५ दिनमा निगमलाई लगभग डेढ अर्ब रुपैयाँ नाफा हुने भएको छ । अहिले भने भारतबाट मूल्य घटेर आएको र निगमलाई पनि नाफा बस्ने देखिएकाले केही रूपैयाँ मूल्य घटाउन सक्ने ठाउँ रहेको निगमले जनाएको छ ।

तपाईंको प्रतिक्रिया