डान्सबार तथा हाेटल अब राति ११ बजेसम्म खुल्ने

 जेठ ०५, २०८०

घोराही । जिल्ला प्रशासन कार्यालयले शुक्रबारबाट राति ११ बजे सम्म बजार खोल्न दिने भएको छ । दाङमा यसअघि राति १० बजेसम्म खुल्दै आएका होटल तथा सेवा जन्य व्यवसाय अब राति ११ बजेसम्म खुल्ने भएका हुन ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै क्लब, डिस्को, डान्स, दोहोरी, रेष्टुरेन्ट, लाउन्ज तथा बारहरू, मदिरा बिक्री वितरण गर्ने पसलहरू (बोतलबन्द बिक्रीहुने मात्र) र होटल, रेष्टुरेन्ट, कफीसप, खाजा तथा खाना खुवाउने पसल, पान पसल लगायत यस्तै प्रकृतिका सेवा जन्य व्यवसायहरू राति ११ बजे सम्म खोल्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया