यसपटक थोरै बोल्छु, धेरै काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

 जेठ ०७, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको कार्यकालमा थोरै बोल्ने धेरै काम गर्ने संकल्प लिएको बताएका छन् । राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा काठमाडौँको नाँचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने,“म अहिले धेरै बोल्दिन म प्रधानमन्त्री जस्तो भएर बोल्नुपर्ने हुन्छ । मैले बोल्ने भाषा विप्लव जीले बाहिरबाट बोली रहनुभएको छ । यो पटक म भन्न चाँहि थोरै भन्ने काम चाहिँ धेरै गर्ने  लिएको छु । मैले प्रधानमन्त्री भएको दिनदेखि त्यो गरिरहेको छु ।”

आफू प्रधानमन्त्री भएपछि पहिलो पटक बेपत्ता योद्धाहरूको शिलालेख उद्घाटन गरेर जनयुद्धका योद्धा र बेपत्ता योद्धाहरूको पक्षमा काम सुरु गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

२०७१ मा भएको निर्णय अनुसार आफूले सरकार प्रमुखको हैसियतले जनयुद्धका योद्धाहरूलाई दुई लाख दिन गरेको निर्णयको अनावश्यक विरोध भएको बताउँदै उनले विषयमा सर्वोच्च अदालतले पुनः राहत दिने बाटो खोल्ने छ भन्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले बेपत्ता योद्धाहरूको छानबिनको कुरा र शान्ति प्रक्रियाको काम अन्तिम चरणमा रहेको जानकारी दिए । संक्रमणकालिन न्यायको विषयमा सत्ता गठबन्धनमा राम्रो बुझाई रहेको उनले बताए ।

 

तपाईंको प्रतिक्रिया