नयाँ पाइला पुर्नस्थापना केन्द्रद्वारा सरसफाईमा सहयोग

 जेठ १२, २०८०

तुलसीपुर । दाङको तुलसीपुर १९ मा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रले मिलिजुली सरसफाइ समिति बिजौरीलाई क्याप टोपी सहयोग गरेको छ । नयाँ पाइला पुर्नस्थापना केन्द्रका कार्यकारी प्रमुख सुरेश भुषाल र सल्लाहकार सुनिलकुमार पोख्रेलले ६० थान क्याप सरसफाइ समितिलाई हस्तान्तरण गर्नु भएको हो । मिलिजुली सरसफाइ समितिका अध्यक्ष नबिना केसीको अध्यक्षता तथा समितिका सल्लाहकार गोबिन्द पोख्रेलको प्रमुख आतिथ्यता एवं नयाँ पाइला पुर्नस्थापना केन्द्रका कार्यकारी प्रमुख सुरेश भुषालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यसअबसरमा शिवालय टोल विकास संस्थाका अध्यक्ष तिलक उपाध्याय, माल बिजौरी टोल विकास संस्थाका अध्यक्ष बिदुर गौतम र दुम्ना गाउँ भूयार थान सरसफाइ उप(समितिका संयोजक रेश्मीराज खड्का लगायतले सरसफाइ मानीसको जीवनमा अति आवश्यक भएकाले यसमा सबैले ध्यान दिनुपर्ने बताएका छन् ।

बादलपारी डागीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शकर आशिष आचार्यले गर्नु भएको थियो भने धन्यावाद ज्ञापन डिल्ली केसी गर्नु भएको हो ॥

तपाईंको प्रतिक्रिया