सहकारीकर्मिलाई सदस्य सक्षमता विकास तालिम

 जेठ १२, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका ११ उरहरीमा सहकारीकर्मिलाई सदस्य सक्षमता विकास तालिम सुरु भएको छ । नेफस्कूनको प्राविधिक सहयोग तथा मितेरी साकोस र सिद्धेश्वरी महिला साकोसकाे संयुक्त आयोजनामा २ दिने तालिम साना किसान कृषि सहकारी संस्थाको हलमा सुरु भएको हाे ।

तालिमको उद्घाटन गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघकाअध्यक्ष बिमल अधिकारीले सहकारीकाे मर्म अनुसार अघि बढ्दा कुनै समस्या नआउने बताएका थिए । पछिल्लो समय सहकारीमा विकृति देखिएको हुदा ब्यवस्थापन मजबुत हुनुपर्नेमा जाेड दिएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि ११ नम्बर वडासदस्य प्रभा परियारले सहकारीले सामाजिक कार्यमा समेत हातेमालो गर्नुपर्नेमा जाेड दिएकि थिईन । कार्यक्रममा साना किसान कृषि सहकारी संस्था उरहरीका उपाध्यक्ष अर्जुन बस्नेत, प्रशिक्षक गोपाल बहादुर थापा लगायतले बाेलेका थिए ।

मितेरी साकाेसका अध्यक्ष द्राेण बहादुर बस्नेतले स्वागत गरेको कार्यक्रमकाे समापन शिद्धेश्वरी महिला साकोसका अध्यक्ष कृष्णि चौधरीले गरेकि थिईन । कार्यक्रमकाे सञ्चालन मितेरी साकाेसका प्रवन्धक सरेन्द्र बुढाथोकिले गरेका थिए ।

तालिममा दुई सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमितिका पदाधिकारी तथा सदस्य लगायत कर्चारीहरुकाे सहभागीता रहेको छ ।

तपाईंको प्रतिक्रिया