एसईई उत्तीर्ण विद्यार्थीहरु सम्मानित

 असार २९, २०८१

तुलसीपुर । तुलसीपुर – ११ स्थित अमर माध्यमिक विद्यालयल उरहरीले बधाई तथा सम्मान कार्यक्रम गरेको छ । विद्यालयले आज एक कार्यक्रम गरि एसईई उत्तीर्ण विद्यार्थीहरुलाइ बधाई ज्ञापन गर्दै सम्मान गरेको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले शैक्षिक सुधारको लागि विद्यार्थीको लगनशिलता सगैं शिक्षक तथा अभिभावकको निगरानी महत्वपुर्ण हुने बताएका थिए । उनिहरुले विद्यालयले पछिल्ला बर्षहरुमा उत्कृष्ट नतिजा ल्याउदै आएकोमा विद्यालयको ब्यवस्थापन र शिक्षक विद्यार्थीको मेहनतको प्रतिफल रहेको बताएका थिए ।

शिक्षक झरना रजौरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा माध्यमिक तह कोर्डिनेटर यज्ञ बहादुर अधिकारी,शिक्षक शुष्मा भण्डारी, विद्यार्थीहरु दिक्षिया खत्री, सन्दीप ओली लगायतले बोलेका थिए । यस बर्ष विद्यालयबाट उत्तीर्ण भएका ६३ जना मध्ये कार्यक्रममा उपस्थित भएका विद्यार्थीहरुलाई टिका खादा लगाई उज्ववल भविष्यको कामना गर्दै शुभकामना ब्यक्त गरिएको थियो । कार्यक्रमको सहजिकरण शिक्षक देव बहादुर वलीले गरेका थिए ।

विद्यालयबाट यस बर्ष छात्रा तर्फ जिल्लामा प्रथम तथा नगरमा दोस्रो हुने गरि दिक्षिया खत्रीले ३.८६ जिपिए ल्याई उत्तीर्ण गरेकि छिन ।

तपाईंको प्रतिक्रिया